Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

इन्टर मिलान १३ वर्ष पछि यूईएफए च्याम्पिन्सको फाइनलमा


ग्लोबल पाना
बुधबार, जेठ ३ २०८०
  • 250
    SHARES

  • images
    इन्टर मिलान १३ वर्ष पछि यूईएफए च्याम्पिन्सको फाइनलमा

    काठमाडौं । इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । यस विजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ । एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३-० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो । यसअघिको पहिलो लेगमा २-० ले विजयी इन्टर दोस्रो लेगमा १-० ले विजयी हुन पुगे पछि समग्रमा ३-० को जीत निकाल्न मिलान सफल भएको हो ।

    images
    images
    images

    सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र तिव्र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथी दबाब बढाएका थिए तर दुवै पक्षले पहिलो हाफमा गोल गर्न सकेनन ।

    तर, लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनले सोही गोलवाट मिलानलाई १३ बर्ष पछि फाइनल यात्राका लागि सहज बनाई दिए । अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ