Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धा


ग्लोबल पाना
सोमबार, कात्तिक २१ २०७९
  • 256
    SHARES

  • images
    प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धा

    जुम्ला । जुम्लामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर,एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

    images
    images
    images

    नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन् । विसं २०७० को चुनावमा माओवादी केन्द्रबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई यसपालि सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

    गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि जिल्ला पार्टी इञ्जार्च तथा केन्द्रीय सदस्य पूर्व तिला गाउँपालिका अध्यक्ष भएका योगीलाई चुवानी मैदानमा खडा गरेको छ । विसं २०७४ मा एकमात्र स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन ।

    जिल्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका राप्रपाका पार्टी प्रवक्ता शाही सत्ता गठबन्धनका र एमालेका बलिया उम्मेदवारलाई रोक्न उनको शक्तिलाई आम चासोको रुपमा यहाँ हेरिएको छ । उनले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ