Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

मलेसियामाथि सात विकेटले नेपालको जित


ग्लोबल पाना
मंगलबार, जेठ १६ २०८०
  • 627
    SHARES

  • images
    मलेसियामाथि सात विकेटले नेपालको जित

    काठमाडौँ । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ। पाँच टी-२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

    images
    images
    images

    यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन्। मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १-१ विकेट लिइन्।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो।
    नेपालकी कप्तान रुविना क्षेत्रीले २, कविता कुँवर र इन्दू बर्माले एक/एक विकेट लिइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ