Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

मलेसियामाथि नेपाल २७ रनले विजयी


ग्लोबल पाना
बिहीबार , जेठ १८ २०८०
  • 273
    SHARES

  • images
    मलेसियामाथि नेपाल २७ रनले विजयी

    काठमाडौं । महिला टि-२० आई खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यससँगै नेपालले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

    images
    images
    images

    आज नेपालले दिएको १११ रनको लक्ष्य पच्छ्याएको मलेसियाने निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सकेको हो । आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि सीता राना मगरले २१, ज्योति पाण्डेले २३, इन्दु बर्माले २० र कप्तान रुबिना क्षेत्कीले २७ रन बनाए ।

    मलेसियाका लागि निक नूर अतियाले २, आइसा एलिसा र विनिफ्रेड दुराइसिंघमले १-१ विकेट लिए । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले २० र माहिरा इजाती इस्माइलले ४४ रन बनाए पनि अरू कसैले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

    नेपालका लागि कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले १-१ विकेट लिए । यो सिरिजमा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ