काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुदैँछ । नेपालले प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्नेछ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् ।
आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ ।
च्याम्पियनसिपमा पहिलो पटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउनेछन् । नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूणर् फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।
.gif)






.jpeg)
