Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

एसीसी वुमन्स इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान एसँग ९ रनले पराजित


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 308
    SHARES

  • images
    एसीसी वुमन्स इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान एसँग ९ रनले पराजित

    काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान एसँग ९ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र बनाउन सकेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए महिला टोलीले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

    images
    images
    images

    पाकिस्तानका लागि शवाल जुल्फिकरले २८, सदाफ शमासले १२, कप्तान फातिमा सनाले १६ र गुल फिरोजाले ११ रन बनाए ।नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र सीता राना मगरले समान २-२ विकेट लिए । जवाफी ब्याटिङमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि कविता कुँवरले २० रन बनाइन् । कविता जोशीले १५ रन बनाउँदा अरु कुनै पनि ब्याटरले दाहोरो अंकमा स्कोर गर्न सकेनन् । पाकिस्तानका लागि तुबा हसन र आयशा आरुब शाहले २-२ विकेट लिए । अनोशा नासिर र उम ए हानीले १-१ विकेट लिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ