Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपालले पहिलो पटक टेस्ट टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै


ग्लोबल पाना
आइतबार, असार ३ २०८०
  • 250
    SHARES

  • images
    नेपालले पहिलो पटक टेस्ट टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आइतबार अपरान्ह १२ः ४५ बजेबाट सुरु हुनेछ ।

    images
    images
    images

    नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उदेश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ । पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोबैज्ञानिक रुपमा कमजोर अनुभुति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमिले जनाएका छन ।

    सो खेलबारे नेपाल क्रिकेट सघले भनेको छ, ‘राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।’ घरेलु टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्नु अघि मैदानमा अभ्यास गर्दै नेपाली क्रिकेट टोली तस्विरमाः

    Screenshot_2023-06-18-06-34-42-52_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ