Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 282
    SHARES

  • images
    बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

    काठमाडौं। बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन्। उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन्। रास्वपाले स्थापना दिवसको अवसर पारेर बैंकर शाहलाई पार्टी प्रवेश गराएको हो। यसअघि शाह एमाले निटक मानिन्थे।

    images
    images
    images

    रास्वपाले आज स्थापना दिसव मनाउँदै छ। दिउँसो एक बजे रास्वपाले चियापानको कार्यक्रम राखेको छ जहाँ पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ।

    उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ।

    सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ