Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आजबाट जसपा नेपालको विधान अधिवेशन


ग्लोबल पाना
आइतबार, असार १० २०८०
  • 259
    SHARES

  • images
    आजबाट जसपा नेपालको विधान अधिवेशन

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजबाट विधान अधिवेशन सुरू हुँदैछ। आजदेखि सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेसनमा पेश हुन लागेको हो।

    images
    images
    images

    सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ। संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ।

    आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन्।

    विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ। ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। र, १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ।

    पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निणर्य गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ