Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

काठमाडौंका विद्यालयको छात्रावृत्ति छनौट महानगरपालिकाले गर्ने


ग्लोबल पाना
सोमबार, असार १८ २०८०
  • 318
    SHARES

  • images
    काठमाडौंका विद्यालयको छात्रावृत्ति छनौट महानगरपालिकाले गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रावृत्तिको परीक्षा महानगरपालिका आफैंले लिने भएको छ। महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो।

    images
    images
    images

    मेयर बालेन्द्र शाहका अनुसार सो परीक्षापछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ।

    ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ,’ उनले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ