Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

एमाले गण्डकीका जनसंगठनहरूको छलफल कार्यक्रम


ग्लोबल पाना
मंगलबार, साउन २३ २०८०
  • 399
    SHARES

  • images
    एमाले गण्डकीका जनसंगठनहरूको छलफल कार्यक्रम

    पोखरा । ने .क .पा. (एमाले ) गण्डकी प्रदेश कमिटीको जनसंगठनका केन्द्रिय पदाधिकारी ,केन्द्रिय सदस्य र प्रदेस अध्यक्षहरूको छलफल मंगलबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको सो पार्टीका उप -महासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए।

    images
    images
    images

    गुरुङले योजनाबद्ध कामले गतिशीलता दिने हुँदा उत्कृष्ट परिणामका लागि उद्देश्यमुलुक तवरले लाग्नुपर्ने बताए। जनजिबिकाको सम्बोधनका लागि एकीकृत प्रयास चाहिने मान्यता अनुसार जनसंगठनहरू बनेको हुँदा अब एमालेको एकल बहुमतका लागि सबै लागिपर्न आग्रह गरे।

    उत्पादनमूलक र निर्माणमूलक काम नै आजको आबश्यकता भएकोले संगठन निर्माणमा लाग्न आग्रह गर्दै गुरुङले पार्टी निर्माणका लागि युग सुहाउँदो काम चाहिने बताए। उप महासचिव गुरुङले समाजबादको बाटो हुँदै समृद्धिको गन्तव्यका लागि एकल बहुमतका लागि अबको तयारी हुनुपर्ने उल्लेख गरे।

    कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका एमाले सचिब गोकर्ण बिष्टले गतिशील पार्टी निर्माणका लागि सशक्त जनसंगठनबाट मात्रै संभब हुने भन्दै बिगतका हरेक उपलब्धिहरू उनिहरूको दरिलो र भरिलो साथले मात्रै संभब भएको स्मरण गर्दै अब पनि जुझारु ढंगले लाग्नुको बिकल्प नभएको उल्लेख गरे ।

    सचिब बिष्टले बर्ग संघर्षमा बिजय हासिल गर्न सकारात्मक , उर्जाशिल र रचनात्मक जनसंगठन अबको आबश्यकता भएको भन्दै सबै पक्ष क्षमताको समुचित समयानुकूल उपयोग र परिमार्जनमा समेत ध्यान दिन आग्रह गरे । स्थायी कमिटी सदस्य खगराज अधिकारीले जनसंगठन पार्टीका पोषण दिने जरा भएको हुँदा समन्वय प्रभाबकारी बनाउन भेला उपलब्धिमुलक हुने उल्लेख गरे।

    अधिकारीले एमालेलाई भौतिक शक्ति जनसंगठनबाट प्राप्त हुने भन्दै हरेक ठाँउमा प्रभाबकारी भुमिका खेल्न आग्रह गरे। जनबर्गिय संगठनका समन्वय सम्यन्त्र प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले जनतासङै रहने पार्टी भएको हुँदा हर बखत जनताको घर दैलोमै रहनुपर्ने र सबै जनबर्गिय संगठनका नेता कार्यकर्ता त्यसतर्फ केन्द्रित हुन आग्रह गरे ।

    कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी ससक्त्तिकरणको आधार जनसंगठन भएको उल्लेख गरिन। अनेमसंघका केन्द्रिय अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य टुकाभद्र हमालले संघर्षको मैदानमा बिगतमा सबै जनसंगठन हातमा हात मिलाएर हिडेको स्मरण गर्दै आउने दिनमा अझै बलियो सामुहिक गठजोड आबश्यक भएको जोड दिइन ।

    कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा जनसंगठन गण्डकी संयोजक डा. सुर्य पाठक ,गण्डकी प्रदेश अध्यक्ष नबराज शर्मा ,नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर बि.पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) गण्डकीका अध्यक्ष रुद्र खत्री, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र प्रसाद पौडेल, अनेमसंघ गण्डकीका अध्यक्ष हिरा गिरी, प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुरेश तिमिल्सिना, अखिल नेपाल किसान महासंघका अध्यक्ष गोबर्धन गौली, राष्ट्रिय जनसान्स्कृतिक महासंघका इन्चार्ज मन कुमार श्रेष्ठ,नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष निर्मल दियाली, अनेरास्ववियुका अध्यक्ष आरके पोख्रेल ,युबा संघका नेपालका संयोजक बिकास अधिकारी, भुतपुर्व सैनिक संगठन अध्यक्ष शेर बहादुर जि . सि., नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महा संघका अध्यक्ष सुजन लामा ,बुद्धिजीवी परिषदका अध्यक्ष चन्द्र बहादुर थापा ,पेशागत महासंघ गण्डकीका इन्चार्ज आर पि खनाल लगायतले आ आफ्नो संगठनका गतिविधि र भाबी योजना सहितको साङठनिक प्रतिबेदन पेश गरेका थिए।

    ने .क .पा .(एमाले ) गण्डकी प्रदेश कमिटीका जनसंगठन बिभाग प्रमुख तथा एमाले गण्डकीका उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उप- सचिब मन्जु अधिकारीले गर्नु भएको प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ