Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

इलाम १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता


ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
  • 213
    SHARES

  • images
    इलाम १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता

    इलाम । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । आज अपराह्नबाट सुरु भएको गणना जारी छ । साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा ( एकिकृत समाजवादी) का झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गरेका छन् । खनाल गठबन्धनको साझा उम्मेदवार हुन् ।

    images
    images
    images

    आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार एक सय ७५ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ५७.७७ प्रतिशत हो । जसमध्ये पुरुषतर्फ ६८ हजार चार सय ५८ र महिलातर्फ ६० हजार सात सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिएका छन् ।

    दुई लाख २४ हजार आठ सय ७७ मतदाता सङ्ख्या रहेको इलाममा एक सय ५० मतदानस्थल र एक सय ३६ मतदान केन्द्र रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ