Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

माओवादी केन्द्र लमजुङको जिम्मेवारी हेरफेर, संयोजकमा रामचन्द्र पौडेल


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 350
    SHARES

  • images
    माओवादी केन्द्र लमजुङको जिम्मेवारी हेरफेर, संयोजकमा रामचन्द्र पौडेल

    लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लमजुङको संयोजकको जिम्मेवारी रामचन्द्र पौडेललाई दिइएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सातौङ पूर्ण बैठकले पौडेललाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

    images
    images
    images

    बैठकले यस अघि पार्टीले दिएको जिम्मेवारी हेरफेर गरेको हो । यस अघि लमजुङ जिल्ला संयोजकमा लालबहादुर गुरूङ थिए ।नवनियक्त जिल्ला समन्वय संयोजक पौडेल यस अघि जिल्ला कमिटीको सचिव थिए ।

    लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ६ भोर्लेटारका निबासी पौडेलले योंग कम्युनिष्ट लिग नेपाल लमजुङको अध्यक्षसमेत भइ काम गरिसकेका छन् । प्रदेश कमिटी वैठकले लमजुङ जिल्ला इन्चार्जमा आशा कोईरालालाइ जिम्मेवारी दिएको छ ।

    यसअघि लमजुङ जिल्ला इन्चार्जमा पारसमणि पोडेल थिए । नेकपा माओवादी केन्द्रले अहिले “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” सञ्चालनन गरिरहेको छ । “घरघरमा माओवादी, जनजनमा माओवादी” भन्ने नाराका साथ शुरू यस अभियानअन्तर्गत पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखिएको छ ।

    यस अभियानअन्तर्गत २५ लाख मतदातासंग प्रत्यक्ष भेट गरी माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराउने लक्ष्य राखिएको छ ।

    यस अभियानका लागि केन्द्रीय सदस्य रहेका नेताहरूलाइ सबै पालिकामा खटाइएको छ । त्यस्तै प्रदेश कमिटीका सदस्यहरूलाइ वडा वडामा खटाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ