Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि


ग्लोबल पाना
मंगलबार, भदौ ५ २०८०
  • 318
    SHARES

  • images
    सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि

    महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ ।

    images
    images
    images

    आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल गण तेघरी ब्यारेकलाई ३-१ सेटले पराजित गर्दै गोरख बक्सले उपाधि जितेको हो । गत शनिबारदेखि सुरु भएको ट्रफीअन्तर्गत कञ्चनपुरमा गुल्म स्तरीय भलिबल, स्विमिङ र बक्सिङ सञ्चालन भइरहेको छ ।

    प्रतियोगितामा उपाधि विजेता गोरख बक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका वाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपतिलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

    यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, बक्सिङ लगायतका खेल समावेश छन् । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेह वर्ष ट्रफी आयोजना गर्दै आएको छ ।

    साथै खेलाडीमा सामूहिक भावना ल्याउनाका साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद तथा स्पोर्टस फोर फ्रेन्डशिप कुरालाई मनन गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफी आयोजना गरिएको सेनाले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ