Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा,उद्घाटन आज


ग्लोबल पाना
शनिबार, भदौ १६ २०८०
  • 318
    SHARES

  • images
    एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा,उद्घाटन आज

    लुम्बिनी । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा भएको छ । आयोजक एमाले लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवेशनको तयारी पूरा भएको र लुम्बिनीको अधिवेशनले देशलाई नयाँ सन्देश दिने बताएको छ ।

    images
    images
    images

    बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने प्रथम अधिवेशनले पार्टीको राजनीतिक जीवन प्रभावकारी तुल्याउने विश्वास व्यक्त गरिएको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्न लागेकाले पार्टी जीवनलाई सङ्घीय ढाँचा अनुरुपमा नयाँ नेतृत्व चयन गर्नेछ ।

    प्रदेश अधिवेशन ऐतिहासिक महत्त्वको रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंणेलले दाबी गरे । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा सम्मेलनको उद्घाटन गर्ने उनले जानकारी दिए ।

    उद्घाटनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकणर् विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

    सम्मेलन पूर्व शनिबार बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् । सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्य र अन्य २३ वटा जनसङ्गठनबाट छानिएका एक हजार चार प्रतिनिधि रहनेछन् ।

    अधिवेशनले यसअघि पाँच सय ७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई दुई सय पाँच सदस्यीय बनाउनेछ । पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताइन् ।

    पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको पोलिट ब्युरो सदस्य सूर्य थापाले स्पष्ट पारे । उनले अन्तिम समयमा सर्वसहमत नेतृत्व आउने विश्वास व्यक्त गरे ।

    सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट एक सय ३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।

    त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ