काठमाडौं। नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ। सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुनेछ। अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन्।
उद्घाटनका अवसरमा आज सो कमिटीले काठमाडौँमा पदयात्रा गरेको छ। भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनका लागि विभिन्न जिल्ला र जनसंगठनका कार्यकर्ताले बागबजार, घन्टाघर, पुतलीसडक, प्रदर्शनीमार्गलगायतका स्थानबाट ब्यानर र झाँकीसहित र्याली निकालेको हो।
.gif)






.jpeg)
