Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

 दियो जसपाले केन्द्रीय नेतालाई जिम्मेवारी


ग्लोबल पाना
बुधबार, असोज १० २०८०
  • 266
    SHARES

  • images
     दियो जसपाले केन्द्रीय नेतालाई जिम्मेवारी

    काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ। सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।

    images
    images
    images

    यसअन्तर्गत बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय नेताहरूले यही असोज २० गतेभित्र प्रदेशअन्तर्गतका १३ वटै जिल्ला समन्वय समिति रुपान्तरण, गठन वा पुनःगठन गर्नुपर्ने छ । पालिका समितिको लागि असोज ३० गतेसम्मको समयसीमा तोकिएको छ ।

    यस अवधिमा स्थानीय तहदेखि प्रदेश समितिसम्मलाई आ-आफ्नो तहका जनवर्गीय सङ्गठन, पेसागत सङ्गठनको बैठके आयोजना, सङ्गठन गठन, पुनःगठनको कार्य पनि गर्न, गराउन भनिएको प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ