Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

टी-२० सिरिज, भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी


ग्लोबल पाना
बुधबार, मंसिर १३ २०८०
  • 478
    SHARES

  • images
    टी-२० सिरिज, भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

    काठमाडौं। जारी टी-२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो।

    images
    images
    images

    भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। अस्ट्रेलियालाई जिताउनेक्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २२२ रन बनाएको थियो।

    ५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ। अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २-१ ले अगाडि रहेको छ। अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ