Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

सुनसरी ३ मा एमालेका चौधरी विजयी


ग्लोबल पाना
मंगलबार, मंसिर १३ २०७९
  • 225
    SHARES

  • images
    सुनसरी ३ मा एमालेका चौधरी विजयी

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् ।

    images
    images
    images

    कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । २०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ ।

    त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा एमालेका रामदेव यादव निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विन्देश्वर यादवलाई पाँच सय ८८ मतान्तरले पराजित गरेका हुन् । रामदेवले १९ हजार चार सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका विन्देश्वरले १८ हजार आठ सय ९१ मत प्राप्त गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ