तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन् । संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए ।
तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जलीसभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे । निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने, “उहाँ एक विकासप्रेमी नेता हुनुहुन्थ्यो, उहाँको अभाव नेपाली कांग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ”, उनले भने । पौडेलले स्व आलेको अभावमा उहाँका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए ।
फोक्सोको समस्याबाट पीडित रहनुभएका आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य रहनुभएका आले दोस्रो संविधानसभाको सदस्य थिए ।
.gif)






.jpeg)
