Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

शनिबार माओवादीले समानुपातिकको सूचीमा निणर्य गर्ने


ग्लोबल पाना
शुक्रबार, मंसिर २३ २०७९
  • 225
    SHARES

  • images
    शनिबार माओवादीले समानुपातिकको सूचीमा निणर्य गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निणर्य गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निणर्यमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ । संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ । माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ ।

    निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातितर्फको सूची निर्धारण गर्न समय दिएको छ । माओवादीको बैठक शनिबार पुनः बस्नेछ । प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादीले समानुपातितर्फबाट भने २९ सिट पाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ