Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

ट्वान्टी-२० शृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग खेल्दै नेपाल


ग्लोबल पाना
बुधबार, वैशाख १९ २०८१
  • 450
    SHARES

  • images
    ट्वान्टी-२० शृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग खेल्दै नेपाल

    काठमाडौं । घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२:१५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १-१ को बराबरीमा छ ।

    images
    images
    images

    पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन ।

    नेपाली टोली

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

    वेस्टइन्डिज ए टोली

    रोस्टन चेश(कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ