Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा


ग्लोबल पाना
मंगलबार, जेठ १ २०८१
  • 344
    SHARES

  • images
    विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

    काठमाडौं। विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स ९युएई)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेbका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन्।

    images
    images
    images

    त्यसैगरी रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन्।

    मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन्।

    नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रंगशालामा हुने तय भएको थियो। तर दशरथ रंगशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फुटबल महासंघ) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ