Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आईसीसी टी-२० : इंग्ल्याण्डलाई ३६ रनले हराउँदै समूह बीको शीर्ष स्थानमा अष्ट्रेलिया


ग्लोबल पाना
आइतबार, जेठ २७ २०८१
  • 322
    SHARES

  • images
    आईसीसी टी-२० :  इंग्ल्याण्डलाई ३६ रनले हराउँदै समूह बीको शीर्ष स्थानमा अष्ट्रेलिया

    काठमाडौं । आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बीमा शीर्ष स्थानमा रहँदै सुपर-८ सम्भावना लगभग पक्कापक्की गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो ।

    images
    images
    images

    कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे । इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७.१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।

    अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे । कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे । इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए ।

    अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ