काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निणर्य गर्दै दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।
सुपर-८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ ।
समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर-८ मा स्थान निश्चित गरिसकेको छ ।
.gif)






.jpeg)
