Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुदै


ग्लोबल पाना
सोमबार, असार १७ २०८१
  • 481
    SHARES

  • images
    कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुदै

    पोखरा, असार १७ । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा  हुने भएको छ। कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा सम्पन्न बैठकले यहि असार २० गते विशेष समारोहको आयोजना गरि उक्त घोषणा गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा सो घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति  कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनु भयो।

    यसअघि कास्कीका पाँच ओटै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषणा भए संगै कास्की घोषणाको बाटोमा अघि बढेको पौडेलले जानकारी दिनुभयो।

    यो घोषणासंगै कास्कीका  कुनै पनि खोप लगाउने उमेर समुहका नवजात शिशु तथा बालबालिकाहरू खोपबाट बन्चित हुनु नपर्ने जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा सो समितिका सदस्य सचिब राम बहादुर नेपालीले बताउनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ