Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

जम्मू-कश्मीरको कुलगाममा भिडन्त, ६ चरमपन्थी मारिए


ग्लोबल पाना
सोमबार, असार २४ २०८१
  • 402
    SHARES

  • images
    जम्मू-कश्मीरको कुलगाममा भिडन्त, ६ चरमपन्थी मारिए

    काठमाडौं । जम्मू कश्मीरको कुलगाममा दुई फरक स्थानमा सुरक्षा बलसँगको भिडन्तमा छ जना अतिवादी मारिएका छन्। यस घटनामा स्थानीय चरमपन्थीहरुको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । जम्मु कश्मीरका प्रहरी महानिदेशक आरआर स्वेनले पत्रकारहरूसँग कुरा गर्दै भने, “दुई फरक ठाउँमा भिडन्त भएको छ जसमा शवको पुष्टिका आधारमा ६ चरमपन्थी मारिएको रिपोर्ट गरिएको छ। सुरक्षा दृष्टिकोणले यो धेरै महत्त्वपूणर् छ। । यो अपरेशन चलिरहेको छ । अपरेशन समाप्त भएपछि थप जानकारी दिन सकिन्छ।”

    images
    images
    images

    स्वेनले भनेका छन्, ‘हामी हरेक घटनालाई गम्भीरताका साथ लिन्छौँ । जम्मू क्षेत्रमा पुरानो अवस्थालाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ।’ उनका अनुसार यसअघि सन् २००६-०७ तिर यहाँ यस्ता घटना भएका थिए, यो चिन्ताको विषय हो । तर यसको अर्थ अतिवादीहरूले ठूलो सफलता हासिल गरेको होइन।

    स्थानीय जनताको सहयोगमा यस क्षेत्रमा अतिवाद रोक्न सफल हुने प्रहरीको दाबी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ