Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

अविरल वर्षाले उदयपुरमा डुबान, उद्धार कार्य जारी


ग्लोबल पाना
बुधबार, असार २६ २०८१
  • 338
    SHARES

  • images
    अविरल वर्षाले उदयपुरमा डुबान, उद्धार कार्य जारी

    उदयपुर। अविरल वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँमा डुवानमा परेका तथा डुबानमा पर्ने सम्भावित ठाउँहरुमा उद्धार कार्य जारी रहेको छ । सोही जिल्लाको बेलका नगरपालिका-१ भालमन्ती भौडाहास्थित त्रियुगा नदि र भालमन्ती खोलामा पानीको बहाव बढि बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको हो ।

    images
    images
    images

    त्यसैगरी बेलका नगरपालिका-२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका करीव २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो ।

    त्यस्तै चौदण्डीगढी नगरपालिका-७ स्थित द्धार खोलामा आएको बाढिले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं। ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ