Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

शिक्षा र राजनीति नजोडिँदा आवश्यक सुधार हुन सकेन : मन्त्री भट्टराई


ग्लोबल पाना
सोमबार, साउन ७ २०८१
  • 427
    SHARES

  • images
    शिक्षा र राजनीति नजोडिँदा आवश्यक सुधार हुन सकेन : मन्त्री भट्टराई

    ७ साउन, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको बताएकी छिन । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक भएको दुईदिने गोष्ठीमा मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोदिँदा सुधार हुन नसकेको बताएकी हुन् ।

    images
    images
    images

    ‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो तर शिक्षा र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन’, उनले भनिन्, ‘जसले आवश्यक सुधार हुन सकेको छैन ।’ मन्त्री भट्टराईले शिक्षा र प्रविधि नजोडिँदा थप चुनौती बढेकोसमेत बताइन् ।त्यसका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम परिमार्जन गर्न अध्ययन भइरहेको भन्दै सुझाव समेत माग गरिन् ।

    उनले सञ्चार माध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय बताइन् ।“शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भनिन्, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।”नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेको स्पष्ट पारिन् ।

    उनले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको बताइन् ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताए । उनले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताए ।उनले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिए । न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताए ।

    उनले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिनको तालिमको आयोजना गरेको बताए ।

    नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ