Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा


ग्लोबल पाना
मंगलबार, साउन २९ २०८१
  • 449
    SHARES

  • images
    सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए ।

    images
    images
    images

    उनले भने,‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन् । तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।यस(केन्द्र)ले मात्र देशैभर सेवा दिन सक्दैन त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’ उनले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए ।

    सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर जनतलाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

    भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन, यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं’ उनले भने ।

    मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताए ।

    उनले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गर्दै आफूले पनि अंगदान गर्ने घोषणा गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ