Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर : स्वास्थ्य मन्त्री पौडेल


ग्लोबल पाना
सोमबार, भदौ १० २०८१
  • 393
    SHARES

  • images
    स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर : स्वास्थ्य मन्त्री पौडेल

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका छन्।

    images
    images
    images

    परोपकार प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमम मन्त्री पौडेलले नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका हुन्।

    स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सेवा सुविधालाई समयानुकुल बढाउनका लागि अध्ययन भइरहेको उनले बताए। मन्त्री पौडेलले सुरक्षाको अनुभूतिहुने गरि स्वास्थ्कर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने जनाए।

    प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रुपमा व्यवस्थित रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको प्रभावकारीता थप बढाउन आवश्यक रहेको उल्लेख गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ