Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

श्रीमानको हतियार प्रहारबाट श्रीमतीको ज्यान गयो , २ छोरी घाइते


ग्लोबल पाना
बुधबार, भदौ २६ २०८१
  • 464
    SHARES

  • images
    श्रीमानको हतियार प्रहारबाट श्रीमतीको ज्यान गयो , २ छोरी घाइते

    बारा । बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाईते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका हुन् ।

    images
    images
    images

    बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई समेत प्रहार भएको हो । प्रहारबाट १७ बर्षकी जेठी छोरीको हात आधा भन्दा बढी काटेको र कान्छी छोरी १५ बर्षीय जमुना राई समेत घाईते भएकी छन् ।

    उनिहरु दुवैलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालबाट रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको सामुदायिक अस्पताल निजगढका डा.सरोज कुमार कुश्वाहाले बताउनु भएको छ ।

    घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसियालगायतका सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले बताउनु भएको छ ।

    हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भइरहेको कुश्वाहाले बताउनु भयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ । -ब्राइटर खबर

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ