Oct 22 2026 | २०८३, कात्तिक ६गते

images
ताजा अपडेट

images
images
images

भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार आवश्यक : डा. बाबुराम भट्टराई


ग्लोबल पाना
आइतबार, माघ २७ २०८१
  • 352
    SHARES

  • images
    भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार आवश्यक : डा. बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । आइतबारबाट काठमाडौंमा सुरु नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौं खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् ।

    images
    images
    images

    चुनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरि आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दावी गरे । भट्टराईले नयाँ बैकल्पिक शक्ति बनाउनका लागि बिचार मिल्नेहरुसँग सहकार्य गर्दै जाने र पुराना शक्तिहरुलाई बाइ–बाइ गर्ने जिकिर गरे । उनले अहिलेको उपलव्धीलाई रक्षा गर्दै थप सुदृढ बनाउनका लागि केहि समय ठूला दलसँग सहकार्य गर्नुपरेको बताए ।

    प्रथम महाधिवेशनमा भट्टराईले नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार बिषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै नेसपाले महाधिवेशन आयोजक समिति विघटन गरी अध्यक्ष मण्डल गठन गरेको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन गर्दै महाधिवेशन मंगलबार सम्पन्न हुने नेसपा (नयाँ शक्ति) ले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ