Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

जनकराज शाहकाे नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा


ग्लोबल पाना
मंगलबार, माघ २९ २०८१
  • 563
    SHARES

  • images
    जनकराज शाहकाे नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रिय उपाध्यक्ष (खस-आर्य) पदका लागि जनकराज शाहले उम्मेदवारी दिनुभएको छ । उहाँले ‘विचार र विज्ञता सहितको नेतृत्व’ नारासहित खसान क्षेत्र (कर्णाली र सेती-महाकाली) को प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो। शाह लामो समयदेखि सामाजिक तथा राजनीतिक रूपमा सक्रिय हुनुहुन्छ ।

    images
    images
    images

    उम्मेदवारी घोषणा गर्दै उहाँले खसान क्षेत्रको सशक्त आवाज बुलन्द पार्ने, आर्थिक र सामाजिक रूपान्तरणको नेतृत्व गर्ने तथा समाजवादी विचारधाराका आधारमा नीति निर्माणमा योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँको चुनावी अभियान ‘विचार र विज्ञता सहितको नेतृत्व’ मा केन्द्रित रहनेछ। शाहले विज्ञता, अनुभव, र दूरदर्शी सोचका आधारमा पार्टीलाई सशक्त बनाउँदै जनताको सरोकार सम्बोधन गर्ने बताउनुभएको छ ।

    उहाँको उम्मेदवारीले कर्णाली र सेती-महाकाली क्षेत्रको मुद्दालाई पार्टीको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा समावेशी समाजवादको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उहाँले नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको आगामी निर्वाचनमा उहाँको उम्मेदवारीले कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ। पार्टीका अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दै शाहले खसान क्षेत्रको सशक्त नेतृत्व गर्ने आशा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ