Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

एमाले नेतृत्वको प्रदेश १ सरकारमा माओवादी सामेल नहुने !


ग्लोबल पाना
सोमबार, पुस २५ २०७९
  • 250
    SHARES

  • images
    एमाले नेतृत्वको प्रदेश १ सरकारमा माओवादी सामेल नहुने !

    काठमाण्डौ । प्रदेश- १ मा बन्न लागेको नेकपा एमाले नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र तत्काल सहभागी नुहने भएको छ । केन्द्रको निणर्यप्रति असहमति जनाउँदै माओवादी केन्द्र आज बन्न लागेको एमाले नेतृत्वको सरकारमा सहभागी नहुने भएको हो ।

    images
    images
    images

    आईतबार सत्ता साझेदार दलहरुको बैठकले भागबण्डा मिलाउँदा प्रदेश - १ सरकारको नेतृत्व पाँचै वर्ष एमालेले लिने निणर्य भएको थियो । उक्त निणर्यप्रति असन्तुष्टि जनाउँदै प्रदेश- १ मा माओवादी सरकारमा सामेल नहुने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

    प्रदेश- १ मा पनि एमाले र माओवादीले आधा-आधा कार्यकाल नेतृत्व पाउनु पर्ने र यो लिखित रुपमा सम्झौता नभएसम्म आफूहरु सरकारमा नजाने नेता आङ्वोको भनाइ छ । आङ्वोले केन्द्रको निणर्यबाट प्रदेश - १ माओवादी अपमानित भएको र निणर्य पुनरावलोकन नभएसम्म सरकारमा जान नसकिने बताए ।

    प्रदेश - १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले आईतबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । मुख्यमन्त्री कार्कीले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । -pla khabar

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ