Oct 22 2026 | २०८३, कात्तिक ६गते

images
ताजा अपडेट

images
images
images

नेपाल भाषाका साहित्यकार सम्मानित


ग्लोबल पाना
आइतबार, फागुन ११ २०८१
  • 477
    SHARES

  • images
    नेपाल भाषाका साहित्यकार सम्मानित

    काठमाडौं । काठमाडौं महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवद्र्धनमा योगदान गरेका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनु हुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नवीन चित्रकार र कवि श्रीराम श्रेष्ठ हुन् ।

    images
    images
    images

    कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताए । उनले पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनुपर्ने अवस्था थियो, अहिले त्यो अवस्था छैन भने । वडा नं २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गरे ।

    कामपाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै वडाध्यक्ष महर्जनले भने, “स्थानीय सरकारको दायित्वभित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।” यस क्रममा भाषिक आयोगका सदस्य सुरेशकिरण मानन्धरले युनेस्कोले दिवस घोषणा गर्नुअघि नेपाल भाषालाई मातृभाषाका रूपमा संरक्षण गर्नका लागि कविता वाचन कार्यक्रम आयोजना गरिएको स्मरण गरे ।

    कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गरेका थिए। उनले निवन्ध, कविता र समलोचनामा पनि कलम चलाएका थिए। कथाकार सुवर्णकेशरीले लेखेका ‘इल फपुइकी’ जापानी, अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ ।

    निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष थिए । उनका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्त्वपूर्ण मानिन्छन् । कवि नवीन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुन् । उनले नेपाल भाषाको नाटक निर्देशन पनि गरे । यस्तै पद्मरत्न तुलाधरले लेखेका शिक्षक र विद्यार्थी नाटकमा शिक्षकको भूमिका निर्वाह गरेका छन्।

    ‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता सङ्ग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रूपमा परिचित हुन् । साहित्यमा कलम चलाउने श्रेष्ठको मूल विधा कविता हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ