Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपाली कांग्रेसबाटै राष्ट्रपति हुने ठोकुवा : विश्वप्रकाश शर्मा


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 242
    SHARES

  • images
    नेपाली कांग्रेसबाटै राष्ट्रपति हुने ठोकुवा : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाटै राष्ट्रपति हुने ठोकुवा गरेका छन् । आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति मात्र राष्ट्रपतिमा चयन हुने भन्दै महामन्त्री शर्माले परिस्थितिमा बदलाव आइसकेकोले अहिले भनिएको सत्ता गठबन्धनबाट केही नहुने जिकिर गरेका हुन् ।

    images
    images
    images

    आज नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले अहिले सभामुखको निर्वाचनको समय भएको र त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुने भएकोले धेरै टिप्पणी गर्न जरुरी नभएको बताए । महामन्त्री शर्माले भने- “फरक ढंगले हामी गइरहेका छौँ ।

    केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।” अहिलेको सत्ता गठबन्धन चाँडै भत्किने उनको भनाइ रहेको छ । नेकपा (माओवादी केन्द्र) र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकोले यसलाई त्यति हलुका रुपमा नबुझ्न उनले आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ