Oct 28 2026 | २०८३, कात्तिक १२गते

images
ताजा अपडेट

images
images
images

मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल, संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव


ग्लोबल पाना
मंगलबार, कात्तिक ११ २०८३
  • 163
    SHARES

  • images
    मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल,  संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव

    काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा देखिएका विषयहरू आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकारले कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै नेपालले FWCMS प्रणालीअन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषय र अन्य श्रम आप्रवासन क्षेत्रका विभिन्न सवालहरुमा द्विपक्षीय छलफल गर्न संयुक्त कार्यदल (Joint Working Group–JWG) को बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो।

    images
    images
    images

    नेपालले उक्त बैठकका लागि सन् २०२६ नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ का मितिहरू प्रस्ताव गर्दै मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने जनाएको छ। साथै, श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै पक्षबीच आपसी सहमतिबाट नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा रहेको छ। प्रस्तावित बैठकमा श्रमिक छनौट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

    नेपाल सरकारले मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई उच्च महत्त्व दिँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन तथा दुवै मुलुकको साझा हितअनुकूल श्रम सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    images

  • सम्बन्धित विषय:

  • # मन्त्री
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ