Oct 27 2026 | २०८३, कात्तिक ११गते

images
ताजा अपडेट

images
images
images

दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री - स्ट्यान्डिङ कुकिङ रेन्ज


ग्लोबल पाना
मंगलबार, कात्तिक ११ २०८३
  • 59
    SHARES

  • images
    दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री - स्ट्यान्डिङ कुकिङ रेन्ज

    काठमाडौं। नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडिया (Midea) ले आफ्ना फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक गरेको छ। चाडपर्वका बेला परिवार, आफन्त र साथीभाइसँग विभिन्न परिकार तयार गरी खुसी साट्ने परम्परालाई थप सहज बनाउन माइडियाले आधुनिक डिजाइन, बहुउपयोगी कुकिङ सुविधा र आकर्षक क्यासब्याकसहितका कुकिङ रेन्ज उपलब्ध गराएको हो। माइडियाका फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जले कुकटप र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध गराउँछन्। चाडपर्वमा एकैपटक विभिन्न परिकार तयार गर्नुपर्ने व्यस्ततालाई ध्यानमा राख्दै डिजाइन गरिएका यी उत्पादनले खाना पकाउने समय र भान्साको काम व्यवस्थापनलाई सहज बनाउन सहयोग गर्छन्।

    images
    images
    images

    नेपाली बजारमा माइडियाका FSC-600BX र FSC-6016ES मोडल उपलब्ध छन्। FSC- 600BX मा ६० लिटर क्षमताको ग्यास ओभन रहेको छ भने FSC-6016ES मा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ। उपभोक्ताले आफ्नो खाना पकाउने शैली, परिवारको आकार र आवश्यकताअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन्। FSC-600BX र FSC-6016ES दुवै मोडलमा कुल ४ वटा ग्यास बर्नर उपलब्ध छन्। चारै बर्नर फरक–फरक आकार र flame output का छन्, जसले कम तापमा simmer गर्नेदेखि उच्च तापमा छिटो पकाउनेसम्म विभिन्न cooking requirement अनुसार उपयुक्त burner छनोट गर्न सहज बनाउँछ।

    साथै, यी कुकिङ रेन्जमा कन्भेक्सन फ्यान, इन्टेरियर लाइट, मेकानिकल कन्ट्रोल तथा पुश- बटन इग्निसनजस्ता सुविधाहरू समावेश छन्। ठूलो ओभन क्याभिटी र र्‍याक राख्न मिल्ने सुविधाले बेकिङ, रोस्टिङ तथा विभिन्न प्रकारका परिकार तयार गर्न थप लचकता प्रदान गर्छ। स्टेनलेस स्टिल फिनिस र आधुनिक कन्ट्रोल प्यानल ले उत्पादनलाई आकर्षक बनाउनुका साथै आधुनिक भान्सासँग सहज रूपमा मेल खाने डिजाइन प्रदान गर्छ। माइडियाका यी फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा २ वर्षको वारेन्टी उपलब्ध छ। यसले उपभोक्तालाई उत्पादन खरिद गर्दा थप विश्वास र दीर्घकालीन प्रयोगमा सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ। दशैं–तिहारको अवसरमा माइडिया फ्री-स्ट्यान्डिङ कुकिङ रेन्ज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

    यस अफरले आधुनिक र बहुउपयोगी किचन उपकरण खरिद गर्न चाहने उपभोक्तालाई चाडपर्वको समयमा थप मूल्य र लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ। अफर तथा क्यासब्याकमा कम्पनीका लागू सर्तहरू रहनेछन्। यस दशैं–तिहार, माइडियाको फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जसँग स्वादिष्ट परिकार सजिलै तयार गरी परिवारसँगका उत्सवका पललाई अझ विशेष र यादगार बनाउन सकिनेछ। चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा माइडियाका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत माइडियाका विभिन्न उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्।

    माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरणहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ