Oct 27 2026 | २०८३, कात्तिक ११गते

images
ताजा अपडेट

images
images
images

टिकटकमा प्रतिबन्ध लगाउनेहरू सामाजिक सञ्जाल विधेयकको विरोध गर्दैछन् : प्रधानमन्त्री


ग्लोबल पाना
शुक्रबार, फागुन ९ २०८१
  • 364
    SHARES

  • images
    टिकटकमा प्रतिबन्ध लगाउनेहरू सामाजिक सञ्जाल विधेयकको विरोध गर्दैछन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरेका छन्।

    images
    images
    images

    ‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन्। हामीले खोलायौं। अहिले तिनैले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्‌’, प्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्रताका नाममा देशको विरुद्ध, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन। चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जभाभावी बोल्ने काम गर्नु हुँदैन। आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार प्रयोगमा असर पार्ने काम कसैले पनि गर्नु हुँदैन।’ प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको बैंकका आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, ‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो। मैले सम्पति लुकाउनुपर्ने केही कारण छैन। मेरो सबै जीवा खुल्ला र पारदर्शी छ।

    यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन।’ उनले सुशासनबाट मात्रै हामी समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको स्पष्ट गरेका छन्। प्रधानमन्त्री ओलीले व्यावसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ