Oct 28 2026 | २०८३, कात्तिक १२गते

images
ताजा अपडेट

images
images
images

Korean Beauty Skill अब नेपाली युवाको पहुँचमा, खुल्यो नयाँ अवसर


ग्लोबल पाना
आइतबार, कात्तिक ९ २०८३
  • 126
    SHARES

  • images
    Korean Beauty Skill अब नेपाली युवाको पहुँचमा, खुल्यो नयाँ अवसर

    काठमाडौं । सौन्दर्यको दुनियाँमा कोरियाली शैलीले बनाएको छुट्टै पहिचान अब नेपालमै सिक्न पाइने भएको छ। विश्वभर लोकप्रिय बन्दै गएको K-Beauty का आधुनिक प्रविधि र सीप नेपाली युवायुवतीसम्म पुर्‍याउने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले K-Beauty Courses सञ्चालनमा ल्याएको हो। ‘तपाईंको सौन्दर्य करियर Seoul शैलीमा सुरु हुन्छ’ भन्ने सन्देशसहित अघि बढेको एकेडेमीले नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप सिक्ने अवसर प्रदान गर्ने जनाएको छ।

    images
    images
    images

    टेडिङ १ नोभेम्बरदेखि सुरु हुने बताइएको छ। K-Beauty Courses अन्तर्गत Lash Perm, Aesthetic Care, Laser, Carbon Peeling र Semi-Permanent Makeup जस्ता आधुनिक तथा पछिल्लो समय लोकप्रिय सौन्दर्य प्रविधि सिकाइनेछ। यी सीपले सौन्दर्य क्षेत्रमा नयाँ सुरुवात गर्न चाहनेहरूलाई आफ्नो रुचिलाई व्यावसायिक दक्षतामा बदल्ने अवसर दिने अपेक्षा गरिएको छ। कोरियाली विशेषज्ञको अनुभव, नेपाली युवाको नयाँ सम्भावना तालिमको अर्को आकर्षण कोरियाली सौन्दर्य विशेषज्ञबाट प्रशिक्षण रहेको छ। Bomdam Beauty & K-Beauty, Korea की Ms. Mikyung को सहभागिताले प्रशिक्षणलाई थप अन्तर्राष्ट्रिय अनुभवसँग जोड्ने एकेडेमीको विश्वास छ।

    यसअघि पनि Ms. Mikyung को सहभागितामा निःशुल्क K-Beauty Webinar आयोजना गरिएको थियो। वेबिनारमार्फत सहभागीहरूले कोरियाली सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास तथा यस क्षेत्रमा करियर निर्माणका सम्भावनाबारे जानकारी लिएका थिए। एकेडेमीका अनुसार K-Beauty तालिमको उद्देश्य केवल प्रमाणपत्रमा सीमित हुनु होइन। सीप, आत्मविश्वास र व्यावसायिक दक्षतासहित सहभागीलाई आफ्नो करियरको नयाँ यात्रा सुरु गर्न सक्षम बनाउनु यसको मुख्य लक्ष्य हो।

    सीप सिक्ने मात्र होइन, आफ्नै भविष्य बनाउने अवसर सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी सेवाको माग बढ्दै गएको अवस्थामा आधुनिक K-Beauty सीपले युवायुवतीका लागि रोजगारीसँगै स्वरोजगार र उद्यमशीलताको नयाँ ढोका खोल्न सक्ने देखिन्छ। तालिमपछि आफ्नो सैलुनका सेवा विस्तार गर्नेदेखि आफ्नै Beauty Studio, Salon वा Aesthetic Business सुरु गर्नेसम्मका सम्भावना खोज्न सकिने एकेडेमीले जनाएको छ। ‘International Standards Beauty Academy in Nepal’ को अवधारणासहित अघि बढेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्दै विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने लक्ष्य राखेको छ।

    Great Opportunities for Your Career — First Time in Nepal भन्ने भावनासहित सुरु गरिएको यो पहल सौन्दर्य क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका युवाका लागि नयाँ र आकर्षक अवसर बन्न सक्नेछ।

    ओपाल ग्लोबल स्किल्स एकेडेमी

    सेतोपुल, मैतीदेवी, काठमाडौं

    ०१४५४५९९९

    ९७६८५२७३२७/९७६८५२७३२६/९७६३४०२५९९

    info@opalglobalskillsacademy.com 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ