Nov 13 2026 | २०८३, कात्तिक २७गते

images
ताजा अपडेट

images
images
images

एलआरआर ग्रुपद्वारा धनतेरसको अवसर पारेर स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण


ग्लोबल पाना
शनिबार, कात्तिक २१ २०८३
  • 167
    SHARES

  • images
    एलआरआर ग्रुपद्वारा धनतेरसको अवसर पारेर स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण

    काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात गर्ने विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले धनतेरसको अवसर पारेर स्काईवेल, जीली र बिएडब्ल्यू ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो । एलआरआर ग्रुपका अनुसार स्काईवेलका १० युनिट ईभी शुक्रबार एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसैगरी, बिएडब्लयू ई७ प्रो ८ युनिट पनि शुक्रबारै हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

    यसैगरी, कम्पनीले जीलीका ८ युनिट पनि धनतेरसकै अवसरमा हस्तान्तरण गरिएको जनाएको छ । यसरी एलआरआर ग्रुपले तिहार अन्तर्गतको धनतेरसको उपलक्ष्यमा २६ युनिट ईभी हस्तान्तरण गरेको हो । अब लक्ष्मी पूजाको दिन पनि केही गाडीहरु हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।

    कम्पनीले यसअघि नै बुकिङ गर्ने ग्राहकहरुलाई प्राथमिकतामा राखेर गाडी उपलब्ध गराउन सुरु गरेको हो । नाडा अटो शो २०२६ र त्यस आसपास गाडी बुकिङ गर्ने ग्राहकहरुले अहिले क्रमशः गाडी पाउन थालेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ