Nov 13 2026 | २०८३, कात्तिक २७गते

images
ताजा अपडेट

images
images
images

विकास र शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने व्यक्तित्व अभिनन्दित


ग्लोबल पाना
आइतबार, कात्तिक २२ २०८३
  • 107
    SHARES

  • images
    विकास र शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने व्यक्तित्व अभिनन्दित

    काठमाडौं । भोजपुरको बोया क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै जिल्लकै शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै भोजपुर बोया सेवा समाजले समाजसेवी धनप्रसाद राईलाई अभिनन्दन गरेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव उत्तरकुमार खत्रीलाई कदरपत्र प्रदान गरी ंसम्मान गरिएको छ। समाजद्वारा शनिबार सिद्धार्थ पब्लिक विद्यालयमा आयोजित देउसी–भैलो तथा सम्मान कार्यक्रममा राई र खत्रीलाई सम्मान गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै सचिव खत्रीले बोयाप्रति सदैव सद्‌भाव रहेको भन्दै आफू बोयाको विकास र वृहत्तर हितमा सदैब लागिरहने बताउनुभयो । भोजपुरे सेवा समाजका पूर्व अध्यक्ष पासाङ दोचि शेर्पाले वार्षिक एक पटक भोजपुरको भ्रमण गरी आन्तरिक पर्यटन बढाउनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष हरि के राईले संस्थाको हितमा सबै जुटेर वोयाली एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो । सम अभिनन्दन / सम्मान जाता का कापेकर सामान्य होइन संण्कृतीको पहिचान गर्दछ। पहले समाज र ५० वक्ता परशुराम राईले सम्मान र सानालाई माया गर्नु हाम्रो कर्तव्य हो भन्नुभयो ।

    समाजका उपाध्यक्ष बद्रीबहादुर चौहानले स्वागत मन्तव्य राख्नुभएको थियो भने समाजका सचिव कमलहरि खतिवडाले संस्थाले सामाजिक काममा सधै प्राथमिकता दिई जिल्लाको समग्र विकासमा ध्यान दिईने बताउनुभयो । बोयाली, भोजपुरे समेत को ठूलो उपस्थितीमा भएको कार्यक्रममा मापक्रममा तिहारकधारको गितमा सिद्वार्थ पब्लीर स्कून वणवचारका विद्यार्थिले नाचगान गरिएको थियो ।

    कार्यक्रममा समाजसेवी नवराज पाण्डेले भोजपुर जिल्लाको सामाजिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा रहेको योगदानबारे चर्चा गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य र प्रशासनका क्षेत्रमा भोजपुरले पुर्‍याउँदै आएको योगदानलाई स्मरण गर्दै जिल्लाको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई समेत प्रेरणा मिल्ने धारणा व्यक्त गरिएको थियो। समाजले सामाजिक विकास, शिक्षा र आफ्नो जन्मभूमिको उन्नतिमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ।

    बोयाली, भोजपुरे समेतको ठूलो उपस्थितीमा भएको कार्यक्रममा सामुहिक देउसी भैलो कार्यक्रमका साथै तिहारको गितमा सिद्धार्थ पब्लिक विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ